२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी...

भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

मंगलवार, भाद्र ३० २०८३०२:०२
मंगलवार, भाद्र ३० २०८३०२:०२
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।

    पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक  छन् । वेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय छन् ।

    विभागका अनुसार भारतका १८९ नागरिक वेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हङ्गेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् ।

    न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, साउथ अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्वीडेनका एक जना वेपत्ता छन् । 

    लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटलीका दुई, चीनका ३७, भियतनाम एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराएका छन् । बाढीमा परेर नेपालका १८८ पर्यटक वेपत्ता भएका हुन् । विभागका अनुसार वेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला  छन् । वेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारीले बताए । 

    सरकारले विपदका बीच उद्दार कार्य पनि जारी राखेको छ । हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना ९तीन पुरुष, नौ महिला र एक अन्य० हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend