२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आमालाई ६ महिना र बुबालाई ४२...

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति बिदा दिने सरकारको प्रस्ताव

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति बिदा दिने सरकारको प्रस्ताव

बुधवार, भाद्र ३१ २०८३१०:३९
बुधवार, भाद्र ३१ २०८३१०:३९
  • images

    काठमाडौँ । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिईन । सामाजिक सञ्जालमार्फत आज उनले उक्त विधेयक अब मन्त्रिपरिषद् लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गरे ।

    मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताईन । 

    प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा पाउने र बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था गरिनेछ ।

    मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावकत्व साझा जिम्मेवारी भएको बताईन ।

    हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend