काठमाडौँ । रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा चार वटा शव फेला परेका छन् ।यही भदौ १० गतेको बाढीमा परेर सुरङभित्र थुनिएका उनीहरूको शव बुधबार दिउँसो फेला परेको हो ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २ वटा शव निकालिसकेको छ भने बाँकी २ वटा निकाल्ने क्रममा रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

