२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मंगलबारको उछालपछि बुधबार घट्यो सेयर बजार,...

मंगलबारको उछालपछि बुधबार घट्यो सेयर बजार, नेप्से २१ अंकले ओरालो

मंगलबारको उछालपछि बुधबार घट्यो सेयर बजार, नेप्से २१ अंकले ओरालो

बुधवार, भाद्र ३१ २०८३०४:०१
बुधवार, भाद्र ३१ २०८३०४:०१
  • images

    काठमाडौँ । मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार पुनः ओरालो लागेको हो । अर्थ मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेसँगै लगानीकर्तामा उत्साह देखिँदा मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको थियो । तर, बुधबार बजार २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा झरेको छ।

    आज सेयर बजार सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब २९ करोड रुपैयाँका सेयर कारोबार भएको बजारमा बुधबार ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँमात्रको कारोबार भएको छ ।

    आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा १.०४ प्रतिशत घटेको छ । यसैगरी, आज जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ ।

    आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी उच्च स्थानमा रहेको छ । आज सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend