काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुनलगायतका वस्तु नउडाउन सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालयले प्रकाशित गरेको सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्यले लेजर लाइटका कारण विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको छ ।
कार्यालयले त्यस्ता गतिविधि तथा क्रियाकलाप नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । विमानस्थलको उडान सुरक्षामा असर पर्ने गरी सूचना अवज्ञा गरेर गतिविधि गरिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत कार्यालयले चेतावनी दिएको छ ।
नागरिक उड्डयन कार्यालयले प्रकाशित सूचनामार्फत विमानस्थलको उडान तथा हवाई आवागमन सुरक्षालाई ध्यानमा राख्दै चङ्गा, ड्रोन, बेलुन तथा लेजर लाइट प्रयोगलगायतका गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

