२०८३, आश्विन १९ गते

images
  • समाचार
  • टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड...

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

शुक्रवार, आश्विन २ २०८३१०:०१
शुक्रवार, आश्विन २ २०८३१०:०१
  • images

    काठमाडौँ । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् ।

    ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले २५ लाख, अभान्ट फाउन्डेसनले १५ लाख, पाल्पाली संगम अमेरिकाले १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले १५ लाख सहयोग गरेका छन् ।

    यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट सङ्कलित ६६ हजार १९५।८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend