२०८३, आश्विन १९ गते

images
  • समाचार
  • १३ देशका लागि राजदूत सिफारिस, भारतमा...

१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

शुक्रवार, आश्विन २ २०८३०४:२७
शुक्रवार, आश्विन २ २०८३०४:२७
  • images

    काठमाडौँ । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। निर्णयबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका विज्ञता, अध्ययन तथा अनुसन्धान र नेतृत्व अनुभव भएका व्यक्तिलाई राजदूतका लागि सिफारिस गरिएको बताए।

    उनका अनुसार सम्बन्धित क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेका व्यक्तिहरूलाई छनोट गरिएको हो।

    मन्त्रिपरिषद्ले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उनीहरूको नाम सम्बन्धित मुलुकबाट अग्रिमो (स्वीकृति) लिन पठाइनेछ। सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।

    सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापा रहेका छन्।

    त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्ण सिफारिस भएका छन्।

    स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरबका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

    प्रस्तावित राजदूतहरूको सूची :

    • भारत — डा. निश्चलनाथ पाण्डे
    • चीन — डा. कल्याणराज शर्मा
    • अमेरिका — चिरनजंग थापा
    • बेलायत — पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
    • जापान — जिग्यानकुमार थापा
    • इजरायल — सुरेशकुमार कर्ण
    • स्पेन — प्राप्ति शेरचन
    • जर्मनी — शरू जोशी
    • ओमान — डा. पद्माक्षी राणा
    • मलेसिया — चूडामणि खरेल
    • दक्षिण कोरिया — प्रा.डा. सङ्गम श्रेष्ठ
    • श्रीलंका — डा. मञ्चला झा
    • साउदी अरब — गिरीबहादुर सुनार
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend