२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, यस्तो छ भ्रमण तालिका

शुक्रवार, आश्विन २ २०८३०४:४२
शुक्रवार, आश्विन २ २०८३०४:४२
  • images

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत हुने उच्चस्तरीय सप्ताहमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाने भएको छ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्नेछन्। उनले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। महासभाका उच्चस्तरीय छलफल तथा अन्य कार्यक्रममा पनि उनले सहभागिता जनाउने मन्त्रालयले जनाएको छ।

    यसैगरी, विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीभन्दा दुई दिनअघि अर्थात् २० सेप्टेम्बरमै न्यूयोर्क प्रस्थान गर्नेछन्। उनले विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्।

    यस वर्षको महासभाको उच्चस्तरीय सामान्य बहस २२ देखि २८ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुँदैछ। महासभाको मूल विषय ‘Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All’ रहेको छ।

    प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा स्वदेश फर्कने कार्यतालिका रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend