२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • यूएन महासभामा भाग लिन परराष्ट्रमन्त्री खनालसहितको...

यूएन महासभामा भाग लिन परराष्ट्रमन्त्री खनालसहितको टोली आज अमेरिका जाँदै

यूएन महासभामा भाग लिन परराष्ट्रमन्त्री खनालसहितको टोली आज अमेरिका जाँदै

आइतवार, आश्विन ४ २०८३०७:१५
आइतवार, आश्विन ४ २०८३०७:१५
  • images

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज (आइतबार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ ।

    परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र साह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री साहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend