२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज,...

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज, प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज, प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

आइतवार, आश्विन ४ २०८३०७:१९
आइतवार, आश्विन ४ २०८३०७:१९
  • images

    काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आइतबार बस्दैछ ।

    कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

    कार्यदल बैठकले निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने बताइएको छ ।

    यस्तै, आजै दिउँसो १ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक पनि च्यासलमै बस्नेछ ।

    यस्तै, पार्टीको केन्द्रीय कमिटी बैठक भोलि सोमबारदेखि (असोज ५, ६ र ७ गते) तीन दिन ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend