२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बर्दियामा गुडिरहेको ईभी हाईसमा आगलागी, चालक–सहचालक...

बर्दियामा गुडिरहेको ईभी हाईसमा आगलागी, चालक–सहचालक सकुशल

बर्दियामा गुडिरहेको ईभी हाईसमा आगलागी, चालक–सहचालक सकुशल

आइतवार, आश्विन ४ २०८३१०:१७
आइतवार, आश्विन ४ २०८३१०:१७
  • images

    काठमाडौँ । गुड्दै गरेको ईभी हाईसमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका–७ रम्तापुरस्थित ईभी हाईसमा आइतबार बिहान पौने ७ बजे आगलागी भएको हो ।

    फोटोअनुसार कम्पनीको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी हाईसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 

    उक्त ईभी हाईस कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । ईभी हाईसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    गुड्दै गरेको ईभी हाईसमा एक्कासि आगलागी हुँदा ईभी हाईसमा राखिएको कागजपत्र र नगद रु। ४२ हजार जली नष्ट भएको डीएसपी रेशम बोहराले जानकारी दिए । 

    ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend