२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार...

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४३६ पुग्यो, ४ हजार ६५५ जना अझै बेपत्ता

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४३६ पुग्यो, ४ हजार ६५५ जना अझै बेपत्ता

सीएनएन खबर
आइतवार, आश्विन ४ २०८३१०:२४
सीएनएन खबर
आइतवार, आश्विन ४ २०८३१०:२४
  • images

    काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ४३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २२३ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४३४ जनाको शव फेला परेको हो । साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २९२ वटा शव व्यवस्थापन ९माटोमुनि सुरक्षित राखिएको० गरिएको छ ।

    शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै, पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ ।

    यसैगरी, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३७२ जना व्यक्तिहरूलाई राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend