२०८३, आश्विन १९ गते

images

असोज ९ र १० गते भारी वर्षाको जोखिम, सतर्क रहन मौसमविद्को सुझाव

असोज ९ र १० गते भारी वर्षाको जोखिम, सतर्क रहन मौसमविद्को सुझाव

आइतवार, आश्विन ४ २०८३०३:३८
आइतवार, आश्विन ४ २०८३०३:३८
  • images

    काठमाडौँ । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

    मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो। विशेषगरी असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार भारी वर्षाको जोखिम बढी देखिएको छ।

    पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै वर्षाको सम्भावना देखिए पनि लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना तीनवटै मौसम मोडलले देखाएका छन्।

    विभिन्न मोडलले चारदेखि पाँच दिनमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्। यो एकैदिनको वर्षा भने होइन। लामो समयसम्म भारी वर्षा भए बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

    जल तथा मौसम विज्ञान विभागले पनि प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे भने मौसम नजिकिँदै जाँदा थप स्पष्ट जानकारी आउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend