२०८३, आश्विन १९ गते

images

हिमालयन बैंकले बिक्रीमा ल्यायो ८ लाख ५० हजार कित्ता संस्थापक सेयर

हिमालयन बैंकले बिक्रीमा ल्यायो ८ लाख ५० हजार कित्ता संस्थापक सेयर

सोमवार, आश्विन ५ २०८३१०:११
सोमवार, आश्विन ५ २०८३१०:११
  • images

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ ।

    यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बैंकले तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था बमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend