२०८३, आश्विन १९ गते

images
  • समाचार
  • त्रिपुरेश्वरमा बसमा आगलागी, चालकले नै आगो...

त्रिपुरेश्वरमा बसमा आगलागी, चालकले नै आगो लगाएको प्रहरीको प्रारम्भिक आशंका

त्रिपुरेश्वरमा बसमा आगलागी, चालकले नै आगो लगाएको प्रहरीको प्रारम्भिक आशंका

सोमवार, आश्विन ५ २०८३०१:२१
सोमवार, आश्विन ५ २०८३०१:२१
  • images

    काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा घाइते भएका चालकलाई उपचार लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनलाई वीर अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि कीर्तिपुर लगिएको हो ।

    ऋद्धिसिद्धी यातायातको बसका चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा यात्रु भने थिएनन् ।

    बस बिसौनीमा रोकि राखिएको बसमा आगजनी हुनु शंकास्पद रहेको प्रहरीको आशंका छ ।

    चालक आफैँले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर पुष्टि भने भएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend