२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफका ५६५ अभिकर्तालाई सम्मान, एआई...

नेशनल लाइफका ५६५ अभिकर्तालाई सम्मान, एआई र डिजिटल मार्केटिङको प्रशिक्षण

सोमवार, आश्विन ५ २०८३०५:०४
सोमवार, आश्विन ५ २०८३०५:०४
  • images

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण दिएको छ ।

    आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता तथा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागितामा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले गरेकी थिइन् । उनले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउन सीप तथा क्षमता विकास र व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने बताइन् ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक उपलब्धि सामूहिक सफलताको परिणाम भएको बताए ।

    नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढिरहेको भन्दै उनले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने र ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिइएको बताए ।

    कार्यक्रममा चेयरपर्सन क्लबको सदस्यता वितरणका साथै नेपालभर आफ्नो कोड तथा सञ्जालको व्यवसायमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई सम्मान गरिएको थियो । समूहगत व्यवसायमा उत्कृष्ट हुने, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत दिइएको थियो ।

    नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको निगरानी, आवश्यक पहिचान तथा प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न सबै पक्ष सचेत हुनुपर्ने बताए ।

    प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ताको प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै एआई प्रविधिलाई बीमा व्यवसायसँग जोड्न सकिने उपायबारे जानकारी गराए । ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्न सकिने उनले बताए ।

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण दिएको छ ।

    त्यस्तै, अर्का प्रशिक्षक सञ्जोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा लाभ लिन सकिने बताए । डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सत्यतथ्य सूचना र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा सम्मानित अभिकर्ताहरूले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने बताएका थिए । वर्षभर गरेको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमले सार्थकता पाएको अनुभूति भएको उनीहरूको भनाइ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend