२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बस आगलागीमा ट्राफिक प्रहरीको भूमिका छ...

बस आगलागीमा ट्राफिक प्रहरीको भूमिका छ कि छैन ? अनुसन्धान गर्दै प्रहरी

बस आगलागीमा ट्राफिक प्रहरीको भूमिका छ कि छैन ? अनुसन्धान गर्दै प्रहरी

सोमवार, आश्विन ५ २०८३०५:१०
सोमवार, आश्विन ५ २०८३०५:१०
  • images

    काठमाडौँ । रिद्धीसिद्धी यातायातको बसमा भएको आगलागी घटनाको कारण तथा त्यसअघि ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले घटनाको समग्र पक्ष अध्ययन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको हो ।

    प्रहरीका अनुसार आगलागी हुनुअघि बस चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको भनिएको कुराकानीलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाइएको छ । टोलीले उनीहरूबीच भएको संवाद, घटनास्थल आसपासका सीसीटीभी क्यामेराबाट प्राप्त दृश्य तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो सामग्रीको अध्ययन गर्नेछ ।

    आगलागी हुनुको वास्तविक कारण पत्ता लगाउनुका साथै घटनामा ट्राफिक प्रहरीको कुनै भूमिका वा संलग्नता रहे–नरहेको विषयसमेत समितिले छानबिन गर्ने भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend