काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४२ जनाले आवेदन दिएका छन्। बोर्डले १० दिनको समय दिएर आवेदन माग गरेकोमा सोमबार अन्तिम दिनसम्म ४२ जनाको आवेदन परेको हो।
पर्यटन बोर्डका अनुसार आवेदन दिने ४२ जनामध्ये ११ जनाले इमेलमार्फत र ३१ जनाले बोर्डमै उपस्थित भएर आवेदन दर्ता गराएका छन्।
इमेलमार्फत आवेदन दिनेमा राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, श्री गुरुङ, कृतन अवाल, श्री भट्टराई, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, इला कुमार श्रेष्ठ, विनोद अर्याल र डा. लेखनाथ भण्डारी रहेका छन्।
त्यस्तै, भौतिक रूपमा आवेदन दर्ता गराउनेमा आशुतोष प्रधान, नोजल कोइराला, गीता कुमारी शर्मा, ज्ञानेश्वरप्रसाद सिंह महतो, ज्ञानेन्द्ररत्न तुलाधर, सूर्यबहादुर घिमिरे, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, प्रमेश केसी, सुरेशसिंह बुढाल, रोहिणीप्रसाद खनाल, युविका भण्डारी, विजय कँडेल, सन्तोष थापा, सुधन सुवेदी, नवीन पोखरेल, सुनिल बालाल, जिनेश काजी सिन्धुराकार, धर्मराज दवाडी, लीलानाथ भण्डारी, अभिषेक विक्रम शाह, टेकबहादुर महत, सूर्य थपालिया, लक्ष्मण गौतम, सन्तोष विक्रम थापा, प्रज्ञा घिमिरे, उदय भट्टराई, रामचन्द्र सेढाईं, श्रद्धा श्रेष्ठ र राजाराम केसी रहेका छन्।
आवेदन दिएकामध्ये श्रद्धा श्रेष्ठ जेनजी सरकारकी महिलामन्त्री हुन्। लामो समयसम्म बोर्डमै कार्यरत उनले राजीनामा दिएर मन्त्री बनेकी थिईन् ।
बोर्डले सीईओ पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकेको छ।
अब बोर्डले प्राप्त आवेदनको प्रारम्भिक जाँच गर्नेछ। त्यसपछि तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेका उम्मेदवारको सूची तयार गरी छनोट प्रक्रिया अघि बढाइनेछ।

