२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण आजदेखि, महासभामा...

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण आजदेखि, महासभामा असोज ८ गते सम्बोधन

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण आजदेखि, महासभामा असोज ८ गते सम्बोधन

मंगलवार, आश्विन ६ २०८३०७:४३
मंगलवार, आश्विन ६ २०८३०७:४३
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्।

    प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिका जान लागेका हुन्। उनी १४ सदस्यीय टोलीसहित न्युयोर्क जाने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। सम्बोधनका क्रममा नेपालमा बढ्दो जलवायु संकट, जलवायु न्याय, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा सहज पहुँचलगायतका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।

    त्यस्तै, बाढीपहिरोलगायत विपद्पछि नेपालको पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगको विषयसमेत प्रधानमन्त्री शाहले महासभामा उठाउने तयारी गरेका छन्।

    महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली भने गत आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend