काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ सम्पन्न भएको छ। ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने तथा कम्पनीको व्यवसाय विस्तारमा योगदान पुर्याउने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान गरिएको हो।
समारोहमा देशभरबाट छनोट भएका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताको सहभागिता रहेको थियो। सहभागीलाई कम्पनीका एजेन्सी ट्रेनिङ एन्ड डेभलपमेन्ट प्रमुख उत्तम प्रसाद आचार्यले स्वागत गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजर तथा अभिकर्तालाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ। Self Code तथा BDI Team Business अन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ र ‘सूर्यज्योति रत्न अवार्ड’ प्रदान गरिएको थियो।
त्यस्तै, Self Code Qualifiers, MDRT Global Conference 2027 Qualifiers, Product Ambassador Contest, Chairman Club, Province Top Qualifiers, Star Agency Managers, Top Policy Sold, Top Active Agent Recruitment, Top 10 Business Contributors तथा Best Agency Team of the Year लगायतका विधामा उत्कृष्टलाई सम्मान गरिएको थियो।
विशेष सम्मानअन्तर्गत ‘SuryaJyoti Ojashwi Ratna Award 2082’ को Self Code Business तथा BDI Team Business दुवैतर्फ कमल प्रसाद घिमिरे (बुटवल पाल्पा रोड शाखा) सम्मानित भएका छन्। Self Code Business अन्तर्गत ‘SuryaJyoti Ratna Award 2082’ पनि घिमिरेले प्राप्त गरेका छन्।
BDI Team Businessतर्फ भने कमल प्रसाद घिमिरे, कृष्ण पराजुली, कृष्ण प्रसाद भट्ट, लक्ष्मी तिमल्सिना, कल्पना सिवाकोटी, उपिन्द्रा राई र रेखा पोख्रेल घिमिरे सम्मानित भएका छन्।
Product Ambassador Contest अन्तर्गत ‘सूर्यज्योति सजिलो भुक्तानी बीमा योजना’ (Money Back Plan) र ‘सूर्यज्योति थ्री २० बीमा योजना’तर्फ गौरव कुमार शाही, सुरज हुमागाईं र सिम्रन पुनलाई ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सर्वाधिक व्यवसाय, उत्कृष्ट अभिकर्ता नियुक्ति तथा बीमालेख जारी गर्ने शाखामध्ये बुटवल पाल्पा रोड शाखा र दमौली शाखालाई पनि शिल्डसहित सम्मान गरिएको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अभिकर्ताले आफ्नो टिम विस्तार गर्ने, कर्मचारीले उत्कृष्ट सेवा प्रदान गर्ने र कम्पनीले बीमितको विश्वासलाई थप मजबुत बनाउने तीन आधारमा जोड दिए।
उनले सूर्यज्योति लाइफले ISO 2001:2015 Certified कम्पनीका रूपमा समयसापेक्ष बीमा योजना तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको बताए। मोबाइल एपमार्फत अभिकर्ता तथा बीमितलाई सेवा लिन थप सहज भएको उनको भनाइ थियो।
कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीको व्यावसायिक यात्रामा अभिकर्ता तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताए। उनले सूर्यज्योति लाइफलाई थप सुदृढ र विश्वसनीय जीवन बीमा कम्पनीका रूपमा अघि बढाउन एकता, सहकार्य र निरन्तर प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे।
अध्यक्ष भट्टराईले कम्पनीको यात्रामा साथ दिने अभिकर्ता, कर्मचारी, बीमित तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ले उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरको योगदानको सम्मान गर्नुका साथै आगामी दिनमा थप उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरणा प्रदान गरेको छ।

