काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान शीतलनिवास पुगेका कार्यवाहक प्रधानमन्त्री वाग्ले र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका पुगेका छन् । मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।

