२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भन्सार राजस्व असुली १ खर्ब नाघ्यो,...

भन्सार राजस्व असुली १ खर्ब नाघ्यो, लक्ष्य भेट्टाउन अझै ५ खर्ब २७ अर्ब बाँकी

भन्सार राजस्व असुली १ खर्ब नाघ्यो, लक्ष्य भेट्टाउन अझै ५ खर्ब २७ अर्ब बाँकी

बुधवार, आश्विन ७ २०८३०५:१४
बुधवार, आश्विन ७ २०८३०५:१४
  • images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। विभागले चालु आर्थिक वर्षका लागि ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

    विभागका अनुसार असोज ६ गतेसम्मको असुलीपछि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न अझै ५ खर्ब २७ अर्ब रुपैयाँ उठाउन बाँकी छ।

    तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा आउन नसकेको अवस्थामा समेत १ खर्बभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ।

    विभागले विषम परिस्थितिका बीच सम्पूर्ण भन्सार प्रशासनको प्रयासबाट उक्त राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

    आगामी दिनमा बाँकी ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई प्राथमिकतामा राखेर काम गर्ने विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend