२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आज देशभर वर्षाको सम्भावना, कोशी र...

आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी

बिहिवार, आश्विन ८ २०८३०७:०७
बिहिवार, आश्विन ८ २०८३०७:०७
  • images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै, बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिममध्य तथा आसपासको उत्तरपश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखा अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भाग एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend