२०८३, आश्विन १९ गते

images
  • विश्व
  • अमेरिकाले तीन करोड १० लाख डलर...

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

बिहिवार, आश्विन ८ २०८३०९:०९
बिहिवार, आश्विन ८ २०८३०९:०९
  • images

    काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिए । 

    उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड  डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend