२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भारी वर्षाको जोखिम : पृथ्वी राजमार्गमा...

भारी वर्षाको जोखिम : पृथ्वी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

भारी वर्षाको जोखिम : पृथ्वी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

बिहिवार, आश्विन ८ २०८३०३:०२
बिहिवार, आश्विन ८ २०८३०३:०२
  • images

    काठमाडौँ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ।

    जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो।

    प्रशासनका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जारी गरेको सूचनामा प्रतिकूल मौसम र सडकको अवस्थालाई ध्यानमा राखेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

    त्यस्तै, सम्भावित जोखिमयुक्त क्षेत्रमा नजान, मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend