काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीमा करिब १० घर जलेको प्रारम्भिक जानकारी आएको छ ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

