२०८३, आश्विन १९ गते

images
  • समाचार
  • वर्षासँगै पहिरोको वितण्डा, पृथ्वी राजमार्गसहित तीन...

वर्षासँगै पहिरोको वितण्डा, पृथ्वी राजमार्गसहित तीन सडकमा यातायात ठप्प

वर्षासँगै पहिरोको वितण्डा, पृथ्वी राजमार्गसहित तीन सडकमा यातायात ठप्प

शुक्रवार, आश्विन ९ २०८३०८:२०
शुक्रवार, आश्विन ९ २०८३०८:२०
  • images

    काठमाडौँ । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो ।

    वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्गमा यातायात बन्द गरिएको थियो । आज बिहान ५ बजेदेखि सवारी सञ्चालन गर्ने तयारी भए पनि कृष्णभिरमा पुनः पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।

    धादिङ प्रहरीले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो । सोही डाइभर्सनमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

    यस्तै, पहिरोका कारण कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौँ–हेटौँडा आवतजावत प्रभावित भएको छ ।

    उता, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।

    लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो र बाढीको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend