२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मर्स्याङ्दीमा बाढी आएपछि थोचेका स्थानीय विस्थापित,...

मर्स्याङ्दीमा बाढी आएपछि थोचेका स्थानीय विस्थापित, उद्धारको पर्खाइमा तीन दर्जनभन्दा बढी

मर्स्याङ्दीमा बाढी आएपछि थोचेका स्थानीय विस्थापित, उद्धारको पर्खाइमा तीन दर्जनभन्दा बढी

सोमवार, आश्विन १२ २०८३०७:५४
सोमवार, आश्विन १२ २०८३०७:५४
  • images

    काठमाडौँ । लगातारको वर्षासँगै मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि मनाङको थोचे गाउँका बासिन्दा विस्थापित भएका छन् ।

    बाढीको जोखिम बढेपछि ज्यान जोगाउन गाउँ छाडेका तीन दर्जनभन्दा बढी स्थानीय सुरक्षित स्थानको खोजीमा ओडार गाउँ पुगेका छन् । उनीहरू अहिले उद्धारको प्रतीक्षामा रहेका छन् ।

    मर्स्याङ्दी नदीमा पानीको सतह निरन्तर बढेपछि थोचे आसपासका बस्तीमा जोखिम बढेको थियो । चामे क्षेत्रमा आएको बाढी थोचेतर्फ आउने त्रास बढेपछि स्थानीयले घर छाडेर सुरक्षित स्थानतर्फ जानुपरेको बताइएको छ । केही स्थानीय ओडार गाउँ पुगेका छन् भने केही अन्य सुरक्षित स्थानमा पुगेका छन् ।

    ओडार गाउँमा पुगेका स्थानीयसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले चिन्ता व्यक्त गरेका छन् । जोखिममा रहेका नागरिकको अवस्था तत्काल बुझेर उद्धारको व्यवस्था गर्न उनीहरूले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    उद्धारमा ढिलाइ भएको गुनासो

    बाढी प्रभावितका आफन्तहरूले जोखिममा रहेका नागरिकको उद्धारका लागि समयमै प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् । उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय गरी तत्काल उद्धार टोली परिचालन गर्न माग गरेका छन् ।

    उद्धारको प्रतीक्षामा रहेका स्थानीयको अवस्था यकिन गरी उनीहरूसँग सम्पर्क स्थापित गर्नसमेत पहल आवश्यक रहेको आफन्तहरूको भनाइ छ । जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धारमा ढिलाइ हुँदा परिवार तथा आफन्तमा थप चिन्ता बढेको छ ।

    यसअघि आइतबार पनि मर्स्याङ्दी नदीमा आएको उच्च बहावका कारण मनाङको ताल गाउँ डुबानमा परेको थियो । लगातारको वर्षाका कारण नदीको जलस्तर बढेपछि ताल गाउँ प्रभावित भएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend