२०८३, आश्विन १९ गते

images

सानिमा बैंकले पारित गर्‍यो १० प्रतिशत नगद लाभांश, दुई सञ्चालक निर्विरोध निर्वाचित

सानिमा बैंकले पारित गर्‍यो १० प्रतिशत नगद लाभांश, दुई सञ्चालक निर्विरोध निर्वाचित

सोमवार, आश्विन १२ २०८३०५:१८
सोमवार, आश्विन १२ २०८३०५:१८
  • images

    काठमाडौँ । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश पारित गरेको बैंकले जनाएको छ।

    साधारणसभाले २०८३ असार मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) तथा अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३.५५ अर्ब रुपैयाँ खुद मुनाफा भएको छ। सो अवधिमा बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब रुपैयाँ, कुल निक्षेप २४९.९३ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी २०३.९९ अर्ब रुपैयाँ रहेको छ।

    आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

    २०८३ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत र तरलता ३०.६८ प्रतिशत रहेको छ। त्यस्तै, कर्जा निक्षेप अनुपातको मासिक औसत ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend