२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गण्डकी प्रदेश वन मन्त्रीमा कांग्रेसका भेषबहादुर...

गण्डकी प्रदेश वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकी प्रदेश वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

सोमवार, कार्तिक ५ २०८१०१:३५
सोमवार, कार्तिक ५ २०८१०१:३५
  • images

    काठमाडौं । गण्डकी प्रदेशको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । 

    योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।  पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । 

    पौडेलको आजै शपथ हुनेछ । साढे ४ बजे शपथको तयारी भएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । गण्डकीमा हाल ९ मन्त्रालय छ। कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend