२०८३, मंसिर ७ गते

नेपाल बैंकको सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्द हुने

नेपाल बैंकको सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्द हुने

images
बिहिवार, कार्तिक १२ २०८३११:२८
बिहिवार, कार्तिक १२ २०८३११:२८
  • images

    काठमाडौँ । नेपाल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म बन्द हुने भएका छन्। शाखा समायोजनसम्बन्धी प्राविधिक कामका लागि बैंकले सात घण्टा सेवा स्थगन गर्न लागेको हो।

    बैंकका अनुसार शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण अर्थात् डाटा माइग्रेसन गर्नुपर्ने भएकाले उक्त अवधिमा सेवा अवरुद्ध हुनेछ। प्राविधिक काम सम्पन्न भएपछि बैंकिङ सेवा पुनः नियमित रूपमा सञ्चालन हुने बैंकले जनाएको छ।

    सेवा बन्द रहने अवधिमा ग्राहकले बैंकबाट प्रवाह हुने नियमित बैंकिङ सेवा उपयोग गर्न पाउने छैनन्। बैंकले ग्राहकलाई आवश्यक कारोबार सेवा अवरुद्ध हुनुअघि नै सम्पन्न गर्न आग्रह गरेको छ।

    शुक्रबार राति वा शनिबार बिहान बैंकिङ कारोबार गर्नुपर्ने ग्राहकलाई सेवा बन्द रहने समय ध्यानमा राखेर कारोबारको योजना बनाउन बैंकले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend