२०८३, मंसिर ७ गते

२२ करोड घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, पहिलो त्रैमासमा कमायो १० करोड ७७ लाख

२२ करोड घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, पहिलो त्रैमासमा कमायो १० करोड ७७ लाख

images
आइतवार, कार्तिक १५ २०८३०७:४३
आइतवार, कार्तिक १५ २०८३०७:४३
  • images

    काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

    चालु आवको पहिलो त्रैमासमा बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ नोक्सानीमा थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ रहेको छ ।

    बैंकको इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    असोजसम्ममा बैंकले २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    बैंकको निष्क्रिय कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.४३ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend