२०८३, मंसिर ७ गते

प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा १४.८० प्रतिशत पुग्यो

प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा १४.८० प्रतिशत पुग्यो

images
आइतवार, कार्तिक १५ २०८३०८:०४
आइतवार, कार्तिक १५ २०८३०८:०४
  • images

    काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

    असोज मसान्तसम्म बैंकको नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रहेको थियो ।

    ब‌ैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँबाट घटेर ५८ करोड ८६ लाख ९३ हजार रुपैयाँ रहेको छ । जसले बैंकलाई नाफा बढाउन सहयोग गरेको छ ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँबाट घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रहेको छ ।
    यस्तै सञ्चालन आम्दानी १ अर्ब १७ करोड २० लाख ८५ हजारबाट घटेर १ अर्ब १५ करोड ४५ लाख २७ हजार रहेको छ ।

    बैंकको वितरणयोग्य नाफा ६ अर्ब ७८ करोड ७७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३.६४ पैसा रहेको छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६ लाख ९७ हजार रुपैयाँ सञ्चित छ । बैंकले ३ खर्ब ५० अर्ब २ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ११ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    बैंकको निष्क्रिय कर्जा ५.७८ प्रतिशतबाट बढेर १४.८० प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend