२०८३, मंसिर ७ गते

तिहारका लागि राष्ट्र बैंकले कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

तिहारका लागि राष्ट्र बैंकले कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

images
बुधवार, कार्तिक १८ २०८३११:४३
बुधवार, कार्तिक १८ २०८३११:४३
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका लागि कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । बबरमहलस्थित टक्सार महाशाखाबाट दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिने बैंकले जनाएको छ ।

    एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान किन्न पाउनेछन् । चाँदीतर्फ १० ग्रामका लक्ष्मी र गणेश अंकित मेडालियन एक–एक थान गरी बढीमा दुई थान किन्न पाइनेछ । बिक्री लाइनमा बसेका सेवाग्राहीलाई क्रमअनुसार गरिनेछ ।

    खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा तीमध्ये कुनै कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।

    असर्फी र मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ । मूल्य तोकेपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend