२०८३, मंसिर ७ गते

  • अर्थतन्त्र
  • तिहारलाई लक्षित गर्दै आजदेखि राष्ट्र बैंकले...

तिहारलाई लक्षित गर्दै आजदेखि राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीका मेडालियन

तिहारलाई लक्षित गर्दै आजदेखि राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीका मेडालियन

images
बिहिवार, कार्तिक १९ २०८३१०:३०
बिहिवार, कार्तिक १९ २०८३१०:३०
  • images

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले तिहारका लागि आज र भोली सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।

    बबरमहलस्थित टक्सार महाशाखाबाट दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिने बैंकले जनाएको छ । एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान किन्न पाउनेछन् ।

    चाँदीतर्फ १० ग्रामका लक्ष्मी र गणेश अंकित मेडालियन एक–एक थान गरी बढीमा दुई थान किन्न पाइनेछ । बिक्री लाइनमा बसेका सेवाग्राहीलाई क्रमअनुसार गरिनेछ । खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा तीमध्ये कुनै कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ ।

    भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ । असर्फी र मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ । मूल्य तोकेपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend