काठमाडौं । एनएमबी बैंकले सार्वजनिक बिदाका दिन पनि ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न पाँच प्रदेशमा रहेका शाखा कार्यालय सञ्चालन गर्ने भएको छ।
बैंकले सोमबार सार्वजनिक बिदा भए पनि ग्राहकको सुविधालाई ध्यानमा राख्दै होलिडे काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।
बैंकद्वारा जारी सूचनाअनुसार कोशी प्रदेशको महेन्द्र चोक, बागमती प्रदेशको महाराजगन्ज, गण्डकी प्रदेशको अमरसिंह, लुम्बिनी प्रदेशको बुटवलस्थित ट्राफिक चोक र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर शाखा खुला रहनेछन्।
उक्त शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालनमा रहने बैंकले जनाएको छ।
यसैगरी, सार्वजनिक बिदाका दिन पनि बैंकको २४ सै घण्टा उपलब्ध कल सेन्टर, कार्ड सेवा तथा मोबाइल बैंकिङ सपोर्ट सेवा नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
ग्राहकलाई सार्वजनिक बिदाका कारण अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित हुन नदिन होलिडे काउन्टर सञ्चालनको व्यवस्था गरिएको बैंकले जनाएको छ।

