२०८३, मंसिर ७ गते

मंसिरका लागि बैंकहरूको नयाँ ब्याजदर : ६ बैंकले गरे कटौती, कसको कति?

मंसिरका लागि बैंकहरूको नयाँ ब्याजदर : ६ बैंकले गरे कटौती, कसको कति?

images
सोमवार, कार्तिक ३० २०८३१०:४०
सोमवार, कार्तिक ३० २०८३१०:४०
  • images

    काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ ब्याजदरअनुसार ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन्।

    ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको छ। बैंकले यसअघि ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशत कायम गरेको हो।

    त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ। एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै क्रमशः ४.२५ र ३.२५ प्रतिशत कायम गरेको छ।

    लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत निर्धारण गरेको छ। कुमारी बैंकले ०.०९ प्रतिशत विन्दुले घटाएर ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।

    मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकमा सानिमा बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५१ प्रतिशत ब्याजदर यथावत राखेको छ।

    त्यसैगरी, प्रभु बैंकले व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बैंकले ४.१५ प्रतिशत तथा हिमालयन, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, नेपाल एसबिआई, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकले समान ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    ब्याजदरमा आएको कटौतीसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।

    तथ्यांकअनुसार कात्तिकमा ४.०१३ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर मंसिरका लागि ०.१०७ प्रतिशत विन्दुले घटेर ३.९०६ प्रतिशतमा पुगेको छ।

    त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि घटेको छ। कात्तिकमा ३.००३ प्रतिशत रहेको यस्तो ब्याजदर मंसिरमा ०.०१२५ प्रतिशत विन्दुले घटेर २.९९०५ प्रतिशत कायम भएको छ।

    बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि बचतकर्ताले बैंकमा राखेको मुद्दती निक्षेपबाट प्राप्त गर्ने प्रतिफलसमेत प्रभावित हुने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend