२०८३, आश्विन १९ गते

images

४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

बुधवार, कार्तिक ७ २०८११०:३६
बुधवार, कार्तिक ७ २०८११०:३६
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा करिब ४ प्रतिशतले कम हो । 

    यस अवधिमा बैंकको चुक्तापूंजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा ३१ अर्ब २९ करोड छ । त्यस्तै यस अवधिमा बैंकको रिटेन अर्निग नेगेटिभ २ करोड ५१ लाख रहेको छ । 

    यस अवधिमा बैंकको निक्षेप ४ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३ खर्ब २४ अर्ब पुगेको छ । त्यस्तै बैकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेर ३ खर्ब ८७ अर्बमा सिमित भएको छ । 

    यस अवधिमा बैंकको संस्थागत खर्च करिब १ अर्ब पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ५२ प्रतिशतले बढेर ९७ अर्ब ५१ करोड पुगेको छ ।

    यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा, प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा, र खराब कर्जा अनुपात ५ दशमलब २० प्रतिशत रहेको छ ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend