काठमाडौं । ३०० रुपैयाँको चिउरा खरिद गरेका भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले १० लाख रुपैयाँको उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत श्रेष्ठले १० लाख रुपैयाँको उपहार प्राप्त गरेका हुन्।
विभागका अनुसार कात्तिक १६ देखि ३० गतेसम्म भएको कारोबारका आधारमा सञ्चालन गरिएको उपहार कार्यक्रममा श्रेष्ठ विजेता घोषित भएका हुन्।
सामान्य किनमेलका क्रममा गरिएको ३०० रुपैयाँको कारोबारले श्रेष्ठलाई एकैपटक १० लाख रुपैयाँको भाग्यशाली विजेता बनाएको छ।

