२०८३, मंसिर ७ गते

मुक्तिनाथ विकास बैंकको नयाँ डिजिटल सेवा, अब घरबाटै कर्जा आवेदनको अवस्था हेर्न सकिने

मुक्तिनाथ विकास बैंकको नयाँ डिजिटल सेवा, अब घरबाटै कर्जा आवेदनको अवस्था हेर्न सकिने

images
मंगलवार, मंसिर १ २०८३१०:५८
मंगलवार, मंसिर १ २०८३१०:५८
  • images

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई घरमै बसेर कर्जा आवेदनको अवस्था तथा प्रगति जानकारी लिन सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।

    बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु गरेको हो । यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर तथा लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गरी कर्जा आवेदनको अवस्था हेर्न सक्नेछन् । यसका लागि ग्राहकले शाखा कार्यालयमा पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने बाध्यता हट्ने बैंकको विश्वास छ ।

    त्यस्तै, कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएस नोटिफिकेसनमार्फत तत्काल जानकारी दिने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

    बैंकले ग्राहकको समय बचत गर्नुका साथै कर्जा प्रक्रियामा पारदर्शिता र सूचनामा सहज पहुँच सुनिश्चित गर्न नयाँ सेवा प्रभावकारी हुने अपेक्षा गरेको छ ।

    ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आएको बैंकले पछिल्लो समय डिजिटल प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।

    बैंकले ग्राहकको बदलिँदो आवश्यकता र आधुनिक बैंकिङ अभ्यासलाई ध्यानमा राख्दै आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत थप डिजिटल सेवा तथा सुविधा विस्तार गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend