२०८३, मंसिर १० गते

  • समाचार
  • स्कुटर चढेर बालाजु र सीतापाइलाका मासु...

स्कुटर चढेर बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमनमा पुगिन कृषिमन्त्री चौधरी

स्कुटर चढेर बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमनमा पुगिन कृषिमन्त्री चौधरी

images
बिहिवार, मंसिर १० २०८३१०:३५
बिहिवार, मंसिर १० २०८३१०:३५
  • images

    काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छिन् ।

    मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी थिइन ।

    छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन ।

    उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिइन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend