२०८३, मंसिर १० गते

  • समाचार
  • जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २०...

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

images
बिहिवार, मंसिर १० २०८३१०:४०
बिहिवार, मंसिर १० २०८३१०:४०
  • images

    काठमाडौँ। राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको छ।

    बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

    दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend