२०८३, मंसिर १० गते

  • समाचार
  • मुसहर बस्तीका समस्या सुन्न मन्त्री रावल...

मुसहर बस्तीका समस्या सुन्न मन्त्री रावल धनुषा, सिरहा र सप्तरी जाँदै

मुसहर बस्तीका समस्या सुन्न मन्त्री रावल धनुषा, सिरहा र सप्तरी जाँदै

images
बिहिवार, मंसिर १० २०८३०२:०९
बिहिवार, मंसिर १० २०८३०२:०९
  • images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि मंसिर ११ गते मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमणमा जाने भएकी छिन् ।

    भ्रमणका क्रममा मन्त्री रावलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्नेछिन । साथै, भूमिहीन, सुकुम्बासी तथा दलित समुदायको बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछिन्। विशेषगरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवास तथा अन्य समस्याबारे जानकारी लिने उनकाे सचिवालयले जनाएकाे छ ।

    अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend