२०८३, मंसिर १० गते

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

images
सीएनएन खबर
बिहिवार, मंसिर १० २०८३०१:२१
सीएनएन खबर
बिहिवार, मंसिर १० २०८३०१:२१
  • images

    काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको हो।

    मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्।

    गृह मन्त्रालय स्रोतका अनुसार अर्याल पक्राउ परेको पुष्टि भए पनि उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने खुल्न सकेको छैन। यसबारे थप विवरण पछि सार्वजनिक गरिने स्रोतले जनाएको छ।

    यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

    उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend