२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सञ्चालनमा ल्यायो...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सञ्चालनमा ल्यायो एनआईएमबी पेवियर, के छ फाइदा ?

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सञ्चालनमा ल्यायो एनआईएमबी पेवियर, के छ फाइदा ?

सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०४:४९
सीएनएन खबर
बिहिवार, कार्तिक ८ २०८१०४:४९
  • images

    काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ आधिकारिक रूपमा लोकार्पण गरेको छ। 

    सेवा सुरु भएपछि ग्राहकले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

    बैंकले ‘एनआईएमबी पेवियर’ सेवाले कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउँछ भन्नेबारे जानकारी गराएको थियो। यसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प दिएको बैंकले बताएको छ।

    ‘एनआईएमबी पेवियर’ नेपालका लागि गेम–चेन्जर हो’, बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले ग्राहकको भुक्तानी तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ। नेपालमा पहिलो पटक यो प्रविधि भित्र्याएका हौं। यसले बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्नेछ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend