२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • त्रिभुवन विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा...

त्रिभुवन विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने

बुधवार, कार्तिक २१ २०८१०४:४४
बुधवार, कार्तिक २१ २०८१०४:४४
  • images


    काठमाडौं । शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । यो विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएको छ ।

    विमानस्थल दैनिक १० घण्टा बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नती गर्ने भएको हो । शुक्रबारबाट करिब ५ महिनासम्म विमानस्थल विस्तार हुने भएकोले यो अवधिमा हाल उडान गरिरहेको आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती हुने भएको छन् ।

    यो अवधिमा अन्तर्राष्ट्रिय उडानसमेत कटौती हुँदै छन् । प्राधिकरणले विमानस्थलको मर्मतका क्रममा वायुसेवा कम्पनीहरुलाई पोखरा र भैरहवा विमानस्थलबाट उडान गर्न आग्रह गरेको छ ।

    शुक्रबारबाट विमानस्थल राति १० बजे बन्द हुने हुँदा सो भन्दा १५ मिनेट अगाडि नै यात्रुलाई चेकइन गरिसक्न पनि आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले बताएको छ ।

    संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेरै भनेको छ ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले यही आउँदो मिति २०८१ कार्तिक २३ गते देखि करिब ५ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेका कारण साविकको उडान समय घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न ‘नोटिस टु एयर म्यान (नोटाम) जारी गरिएको छ।’

    विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीहरुको करिब ३० प्रतिशत उडान समेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा यो संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माण पश्चात सदस्य वायुसेवा कम्पनीहरु तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीन रुपमा सहज, सरल तथा सुविधा हुने विश्वास वायुसेवा सञ्चालक संघको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend