२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’, पर्यटकलाई...

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’, पर्यटकलाई सहज हुने अनुमान

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’, पर्यटकलाई सहज हुने अनुमान

सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०७:४७
सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०७:४७
  • images

    काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । 

    कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने अपेक्षा गरिएको बताए । 

    कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए ।  

    अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन  नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend