२०८३, आश्विन १९ गते

images

अर्थले गर्‍यो दीर्घ रोगीको उपचारका लागि ३५ करोड निकासा

अर्थले गर्‍यो दीर्घ रोगीको उपचारका लागि ३५ करोड निकासा

सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०४:२५
सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०४:२५
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयले दीर्घ रोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ रकम निकासा गरेको छ । 

    अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । 

    उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । 

    चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend