काठमाडौं । । बैंकहरुको ब्याजदर फेरि घटेको छ । मंसिर महिनाका लागि पनि बैंकहरुले ब्याजदर घटाएका हुन् । कात्तिक महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ६.१८ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, मंसिर महिनाका लागि भने ०.२१७४ प्रतिशत बिन्दु घटाएका छन् । मंसिर महिनामामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.९७०३ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।
शुक्रबार ११ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । तर, ९ बैंकले भने स्थिर राखेका छन्, अर्थात् कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंक, सिद्धार्थ, नेपाल एसबिआई, एभरेष्ट, प्रभू, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंकले आगामी मंसिरका लागि व्यक्तिगत तर्फ ५.९५ प्रतिशत र संस्थागत तर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत ५ प्रतिशतका दरमा ब्याज प्रदान गर्नेछन् ।
यता, प्रभूले व्यक्तिगत मुद्दति निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६.१५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत, हिमालयनले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत संस्थागत तर्फ ५.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने व्यक्तिगतमा ६.५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज दिनेछ ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले तोकेको ब्याजदर
| बैंक | कात्तिकको ब्याजदर % | मंसिरको ब्याजदर % |
| कृषि विकास | ५.७५ | ५.५३ |
| राष्ट्रिय वाणिज्य | ५.८ | ६ |
| नेपाल एसबीआई | ६ | ६ |
| लक्ष्मी सनराइज | ६ | ५.५ |
| ग्लोबल आईएमई | ६.२५ | ५.७५ |
| कुमारी | ६.०१ | ५.७१ |
| प्राइम कमर्सियल | ६ | ५.७५ |
| नेपाल | ५.९५ | ५.९५ |
| सानिमा | ६.१५ | ६.१५ |
| सिटिजन्स | ५.७५ | ५.६५ |
| नबिल | ६.२५ | ५.७५ |
| इन्भेस्टमेन्ट मेगा | ६.५ | ६.५ |
| सिद्धार्थ | ६ | ६ |
| स्टान्डर्ड चार्टर्ड | ६.५ | ६.२५ |
| माछापुच्छ्रे | ७ | ६ |
| प्रभु | ६.१ | ६.१ |
| एनएमबी | ६.५ | ५.५७ |
| एनआईसी एसिया | ६.९९ | ६.७९ |
| हिमालयन | ६.२५ | ६.२५ |
| एभरेस्ट | ६ | ६ |

