२०८३, आश्विन १९ गते

images

नेपालले बंगलादेशमा निर्यात गर्न थाल्यो बिजुली

नेपालले बंगलादेशमा निर्यात गर्न थाल्यो बिजुली

शुक्रवार, कार्तिक ३० २०८१०१:२२
शुक्रवार, कार्तिक ३० २०८१०१:२२
  • images

    काठमाडौं । नेपालले शुक्रबारदेखि बङ्गलादेशमा बिजुली निर्यात सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणले पहिलोपटक शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री सुरु गरेको हो।

    गत असोजमा भएको सम्झौता बमोजिम नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

    बङ्गलादेशमा बिजुली पठाउन भारतसहित त्रिदेशीय सम्झौता भए अनुसार बिजुली पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

    नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ। त्यसअनुसार नेपालले यस वर्षका लागि एक दिन मात्रै बिजुली बेच्नेछ भने अर्को वर्षको जुन १५ देखि भने नियमित बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ।

    २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend